कसैले मन नपराउने घिरौलाका १० फाइदा

घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । अझ भन्नु पर्दा त प्राय मानिसले धिरौला मन पराएको पाइँदैन।

घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औषधीय गुण रहेको हुन्छ । यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पुर्‍याउँछ ।

घिरौला बेर्ना सारेको ४० देखि ५० दिनमा टिप्न लायक हुन्छ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ । प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु घिरौलामा पाइन्छ ।

यस्ता छन् घिरौलाका फाइदा स्

१ शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।

२ रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।

३ जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ ।

४ चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।

५ पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।

६ यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।

७ यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।

८ यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ ।

९ यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ ।

१० यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ ।

Comments

Back to top