भारतको जीडीपी पहिलो पटक ३.५ लाख करोड डलर नाघ्याे

२०२२ मा भारतको कूल गार्हस्थ उत्पादन (जीडीपी) पहिलो पटक ३.५ लाख करोड डलर नाघेको छ। ग्लोबल रेटिङ एजेन्सी मुडीजका अनुसार मङ्गलबार आगामी केही वर्षमा भारत सबैभन्दा छिटो बढ्ने जी २० अर्थतन्त्र हुनेछ। तर त्यसका लागि केही सुधार आवश्यक हुने रिपाेर्टमा लेखिएकाे छ ।

विश्व बैंकका अनुसार २०२१ मा भारतको जीडीपी ३.१८ लाख करोड डलर थियो। तर, मुडीजले एक अनुसन्धान प्रतिवेदनमा ब्यूरोक्रेसीले विभिन्न लाइसेन्स प्राप्त गर्ने र व्यवसाय स्थापना गर्ने प्रक्रियालाई सुस्त बनाउन सक्ने र यसले आयोजनाको अवधि र लागत बढाउन सक्ने बताएकाे छ । मूडीज इन्भेष्टर्स सर्भिसले भन्यो, 'निर्णयकाे ढिलाइले भारतमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को गति कम गर्नेछ।' विशेष गरी इन्डोनेसिया र भियतनाम जस्ता एशिया-प्रशान्तका अन्य विकासशील अर्थतन्त्रहरूसँग कडा प्रतिस्पर्धामा भारत रहेकाे छ।

भारतकाे जीडीपी पाँच वर्षमा १२७ लाख कराेड भारतिय रूपैयाँले बढेकाे मुडीज, विश्व बैंक र स्टेटिस्ककाे रिपाेर्टले देखाउँछ । सन् २०१८मा २२३ लाख कराेड भारतीय रूपैयाँ रहेकाे भारतकाे जीडीपी २०१९ मा २३४ लाख कराेड भारतीय डलर, २०२० मा घटेर २२० लाख कराेड भारतीय रूपैयाँमा झरेकाे थियाे । त्यसपछि २०२१मा ८६ लाख कराेड भारतीय रूपैयाँले बढेर २६४ लाख कराेड भारतीय रूपैयाँ पुगेकाे जीडीपी २०२२मा ह्वात्त बढेर ३५० भारतीय डलर पुगेकाे छ ।

मुडीजका अनुसार भारतमा ठूलो र शिक्षित जनशक्ति छ। यस्तो अवस्थामा एकल परिवारकाे संख्या बढ्नेछ । यसकासाथै, द्रुत शहरीकरणले घर, सिमेन्ट र कारको माग बढाउनेछ। मुडीजका अनुसार भारतमा पूर्वाधारमा गरिने सरकारी खर्चले स्टिल र सिमेन्ट क्षेत्रलाई सहयोग गर्नेछ, जबकि नेट जीराे एमिशन हासिल गर्ने खोजले नवीकरणीय ऊर्जामा लगानी बढाउनेछ। सन् २०३० सम्ममा यी क्षेत्रमा भारतको क्षमता चीनको भन्दा कम हुने पनि मुडीजले जनाएको छ ।

एजेन्सी 

Comments

Back to top