जेफ बेजोसले प्रेमिका लरेन सान्चेजलाई औंठी लगाइ दिएर गरे याटमा इनगेजमेन्ट

एमाजनका संस्थापक जेफ बेजोसले प्रेमिका लरेन सान्चेजसँग इनगेजमेन्ट गरेका छन् । बेजोसले आफ्नो नयाँ सुपरयाटमा लरेनलाई विवाहको प्रस्ताव राखेका थिए । लरेनलाई बेजोसले मुटुको आकारको औंठी लगाइदिए । 

बेजोसले दिएको औंठी २० क्यारेटको हीराले जडित छ। इन्गेजमेन्टमा लरेनका पूर्व पति टोनी गोन्जालेज र २१ वर्षीय छोरा निको सहभागी थिए।

जेफ बेजोसले हालसालै नयाँ जहाज "सुपरयाट" किनेका छन्। उक्त याटको नाम ‘कोरु’ हो र जसको मूल्य करिब ५० मिलियन डलर रहेको छ । बेजासको यो संसारको सबैभन्दा अग्लो याट हो। यसमा तीनवटा विशाल २२९ फुटका मास्ट अर्थात् खम्बाहरू छन्।

यो याट सेल पावर अर्थात् हावामा चल्न सक्छ। याटमा पुल, बार देखि लाउन्ज र हट टब रहेको छ। गत साता यो याटलाई मल्लोर्का वरपर भूमध्यसागरको यात्रा गरिरहेको देखिएको थियो। प्रत्येक याटमा एक सपोर्ट गरिने वेसललाई अबियोना नाम दिइएको छ। अबियोनामा हेलिकप्टर डेकदेखि डाइभिङ डेकसम्म सबै छ।

५९ वर्षका जेफ बेजोस र उनकी ५३ वर्षिय प्रेमिका लरेनलाई गत साता तीन तले उक्त याटमा देखिएको थियो । उनी सबैभन्दा पहिलो आफ्नो निजी विमानमा स्प्यानिस बेलिएरिक प्रान्तमा पुगेका थिए । त्यसपछि यो जाडी कोरु याटमा पुगे। बेजोस र लरेनले यसैबीच याटको ब्हील सम्हालेका थिए । जेफले हातमा ड्रिंक लिएका थिए भने प्रमिकाका साथमा घुमेको देखिन्थे ।

लरेनले २०१८मा गोप्य रुपमा जेफ बेजोससँग डेट गर्न सुरु गरेकी थिइन् । बेजोसले २०१९मा पुर्व पत्नी मेकेंजीलाई विवाहकाे २५ वर्षपछि सम्बन्धविच्छेद दिएका थिए ।

Comments

Back to top