रन्जना सिनेमा हलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकका ग्राहकले न्यूरोडको रन्जना सिनेप्लेक्समा छुट पाउने भएका छन् । बैंक र रन्जना सिनेप्लेक्स प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले रन्जना सिनेप्लेक्समा टिकट खरिद गर्दा ५ प्रतिशत सम्मको छुट पाउनेछन् । 

सिटिजन्स बैंकले हाल १८२ शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

Comments

Back to top