टेस्लाको सेयर मूल्य बढ्दो क्रममा!

सन् २०२१ को नोभेम्बरमा टेस्लाको सेयर अल टाइम हाई ४१४ डलरसम्म पुगेको थियो । त्यसयता भने सेयर निरन्तर घटेर १०१ डलरको न्यूनतम विन्दुमा झरेको थियो । अहिले भने बढ्न सुरु गरेको छ । सेयरको मूल्यमा धेरै घटिसकेको हुनाले अब भने बढ्न सुरु गरेको जानकारहरु बताउँछन् । 

सन् २०२३ को सुरु देखि निरन्तर बढेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको सेयर भाउ करिब शतप्रतिशतले बढेको हो । गत जनावरीमा प्रतिकित्ता १०० डलरको वरपर रहेको यसको सेयर मूल्य अहिले फेब्रुअरी २४ सम्म आइपुग्दा २०० डलर पुगेको छ।

कम्पनीको सेयर बढेसँगै यसका सीइओ एलोन मस्कको कुल नेटवर्थ पनि बढेको छ । १ खर्ब ९३ अर्ब डलर नेटवर्थका साथ मस्क विश्वका दोस्रो धनी व्यक्तिको बनेका हुन् । गत वर्ष रुस र युक्रेन युद्धले गर्दा निम्त्याएको विश्व आर्थिक मन्दी, उच्च मुद्रास्फीति र बढ्दो ब्याजदरका कारण विश्व सेयर बजारमा पनि तीव्र गिरावट आएको थियो । अहिले भने सेयर बजार स्थिर बनेको छ ।

Comments

Back to top