टीभीएस एनटर्क १२५ रेस एक्सपीलाई अवार्डबाट सम्मानित
टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टीभीएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।
१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एकमात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।
स्कुटर उद्योगमै पहिलोपटक भ्वाइस असिस्ट फिचर ल्याएर टिभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको छ ।
भ्वाइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् । योे भ्वाइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुटुथ कनेक्टिभिटिले सपोर्ट गरेको छ ।
एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल ईन्जेक्सन (आरटि–एफआइ) इन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ वल्व सिभिटीआई–रेभ ईन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रति घण्टा रहेको छ ।
एनटर्क १२५ रेस एक्सपीमा दुईवटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ । ट्राई टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टि लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी त बनाएको छ नै साथै बजारमा उपलब्ध अन्य स्कुटर भन्दा एक कदमले अगाडि देखाएको छ ।
Comments