जनउत्थान सामुदायिक लघुवित्तको १५ प्रतिशत बोनस शेयर घोषणा
जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड (JSLBB) ले आर्थिक बर्ष २०७८/७९ सम्मको मुनाफा तथा गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तको माघ २९ गते बसेको संचालक समितिको २००औं बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु १४ करोड ७९ लाख ६ हजारको १५% ले हुने रु २ करोड २१ लाख ८५ हजार ९ सय बराबरको बोनस शेयर र ०.७८९५% ले हुने रु ११ लाख ६७ हजार ६ सय ७९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्च्यात आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।
Comments