फागुन ५ गते बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण सभा बस्ने
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा फागुन ५ गते शुक्रबारका दिन बस्ने भएको छ ।
सभामा कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्नेछ। बिहान ११ बजेबाट वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा सभा सुरु हुनेछ ।
वार्षिक साधारण सभामा कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
कम्पनीले लगानीकर्तालाई लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन् । सभा प्रयोजनका लागि यसले माघ १९ गते बुक क्लोज गरिसकेको छ । माघ १८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Comments