२०० भन्दा बढी कम्पनीमा गोल्डेन क्रस हुँदा पनि नेप्सेमा नैराश्यता कायमै।

गोल्डेन क्रस एक आधारभूत प्राविधिक सूचक हो।  जब बजारको छोटो (५०-दिन) अवधिको मुभिंग एभरेजले  लामो (२००-दिन) अवधिको मुभिंग एभरेजलाई तलबाट काटेर २०० दिनको मुभिंग एभरेज भन्दा माथि बढ्छ तब गोल्डेन क्रस भएको मानिन्छ। ट्रेडर्सले गोल्डेन क्रसलाई बलियो बुल बजारको सूचकको रूपमा हेर्छन्। गोल्डेन क्रस र डेथ क्रस ठ्याक्कै विपरीत छन्। गोल्डेन क्रसले दीर्घकालीन बुल बजारलाई अगाडि बढ्न संकेत गर्छ भने डेथ क्रसले दीर्घकालीन बियरिश बजारलाई संकेत गर्छ। दुवै क्रसले प्रमुख दीर्घकालीन मुभिङ एभरेजमा छोटो अवधिको मुभिङ एभरेज क्रसिङको घटनाबाट दीर्घकालीन प्रवृत्तिको पुष्टिलाई जनाउँछन। डेथ क्रस तब हुन्छ जब छोटो अवधिको मुभिंग एवरेज तल झर्छ र दीर्घकालीन मुभिंग एवरेजलाई पार गर्दछ, मूलतया गोल्डेन क्रसको विपरित दिशामा जान्छ।

३० मार्च, २०२२मा देखिएको डेथ क्रस पश्चात अहिले नेप्सेका अधिकांश स्टकहरुमा गोल्डेन क्रस देखिन थालेका छन्।

नेप्सेका उप समूहमा हाइड्रोपावर, ट्रेडिङ्ग, होटेल एण्ड टुरिजम र माइक्रो-फ़ाइन्यन्समा अहिले गोल्डेन क्रस भइसकेका छन्। अरु उपसमूहमा पनि ५० दिनको मुभिंग एवरेज २०० दिनको मुभिंग एवरेजको एकदम नजिक पुगिसकेको देख्न सकिन्छ।  

यद्यपि आज मंगलबार १६.४० अङ्कले घटेर  ०.७७% गिरावटका साथ नेप्से परिसूचक २१०५.४६ अंकमा बन्द भएको छ।

Comments

Back to top