नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट!
आज नेप्से बजार ११ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २११० को नजिक आएको छ। ११ अङ्कले घटेर नेप्से परिसूचक २११०.८७ मा आएको हो। आज २ घण्टामा लगभग ७३ करोड ५३ लाख ९५ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा नेपाल इन्स्योरेन्स रहेको छ जसको ५.१४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बाराही हाईड्रोपावर रहेको छ जसले ४.२७% गुमाएको छ।
Comments