इन्डोनेसियाको आर्थिक वृद्धिदर नौ वर्षयताकै उच्च!

विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो असर परेको थियो ।

तर दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा त्यसयता उकालो लागेको छ र गत वर्ष ५।३१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको तथ्याङ्क इन्डोनेसियाली सरकारले सोमबार सार्वजनिक गरेको छ ।

जुलाई–सेप्टेम्बरको एक मजबूत अवस्थापछि वर्षको अन्तिम त्रैमासिकमा सुस्त वृद्धिको बावजुद वार्षिक वृद्धि बलियाृ देखिएको हो । इन्डोनेसियाको अक्टोबर–डिसेम्बरमा आर्थिक वृद्धिदर ५।०१ प्रतिशतले बढेको छ, जुन अघिल्लो तीन महिनामा ५।७२ प्रतिशत थियो ।

तर सन् २०२१ मा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेपछि पाम आयल, कोइला र निकेलजस्ता प्रमुख वस्तुको निर्यात मूल्यमा उल्लेख्य वृद्धि भएपछि यसले महामारीको न्यूनताबाट आफ्नो वार्षिक वृद्धिलाई ३.६९ प्रतिशतले कायम राखेको छ ।

अर्थशास्त्रीहरूका अनुसार सुधारका बाबजुद यस वर्ष देशको आर्थिक वृद्धिदर केही सुस्त हुने अनुमान गरिएको छ।

क्यापिटल इकोनोमिक्सका वरिष्ठ एशिया अर्थशास्त्री ग्यारेथ लेदरले भने, “कमजोर विश्वव्यापी माग, उच्च मुद्रास्फीति र उच्च ब्याज दरले गतिविधि खुम्चिएकोले यस बर्ष आर्थिक वृद्धि दरमा थप कमजोरी आउनसक्ने देखिन्छ । “आगामी त्रैमासिकहरूमा वृद्धि अझ सुस्त हुने अनुमान गरिएको छ ।

Comments

Back to top