कालिका लघुवित्त वित्तीय संस्थाको नाफामा ६७.९२ प्रतिशतको गिरावट !!
कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रिमसिकको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गरेको छ जसमा नाफा ६७.९२ प्रतिशतले घटेको छ।
कम्पनीले प्रकाशित गरेको प्रतिवेदन अनुसार खुदनाफा घटेर रू. २.६९ करोडमा सिमित भएको छ। गत वर्षको सोही त्रैमाससम्म भने खुदनाफा ८.४० करोड रहेको थियो । ब्याज आम्दानी घटेर रु. १३.७ करोड रहेको देखिन्छ जुन अघिल्लो वर्षको सोही त्रैमास भन्दा ९.२३ प्रतिशत कम हो।
कम्पनीको चुक्ता पुँजी यस त्रैमासिकसम्म ३१.२८ करोड रहेको छ भने रिजर्भ कोष रू.२५.३६ करोड रहेको छ। यस कम्पनीको प्रतिशेयर आम्दानी (EPS) रु १७.२५ रहेको छ र प्रति शेयर नेटवर्थ रु. १८१.८१ रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात ६१.७५ गुणा रहेको छ।
Comments