ङादी ग्रुप पावरले गर्यो लाभांश घोषणा!
गत आर्थिक वर्षको मुनाफाबाट ङादी ग्रुप पावरले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश ५% लाभांश दिने प्रस्ताव गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजारको ४.५७% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद गरी कुल ५% लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगमी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न फागुन २५ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने जनाएको छ ।
कम्पनीले वितरण गर्ने लाभांश फागुन ९ गतेसम्म कायम सेयरधनीले मात्रै पाउनेछन् ।
Comments