सिक्लेस हाइड्रोपावरले सार्वजनिक गर्यो अपरिष्कृत त्रैमासिक रिपोर्ट !!

सिकलेस हाइड्रोपावर लिमिटेड(SIKLES)ले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अपरिष्कृत त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

२०७९/२०८०को दोस्रो त्रैमाससम्म कम्पनीले विद्य‌ुत बिक्रीबाट कुल रु.१९.३३ करोड  र अन्य स्रोतबाट आम्दानी रु ५.२६ लाख गरेको छ। यस अवधिसम्म कम्पनीले खुदनाफा ६.२७ करोड आर्जन गरेको छ । यस कम्पनीको रिजर्भ कोष रु.१६.९१ करोड रहेको र  कुल पुँजी ८५ करोड रहेको छ । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रु १४.७७ र प्रति शेयर नेटवर्थ रु ११९.९० तथा  मूल्य आम्दानी अनुपात ५८.४८ गुणा रहेको छ ।

सिक्लेस हाइड्रोपावरले नेपाल विद्य‌ुत प्राधिकरणसँग डिजाइन डिस्चार्ज ४३ प्रतिशतभन्दा बढी प्रवाह हुने सम्भावनाको आधारमा १३ मेगावाट क्षमताको विद्य‌ुत खरिद सम्झौता (पीपीए) गरेको थियो  । 

Comments

Back to top