एनएमबि लघुवित्तको नाफामा गिरावट !

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५० लाख ३२ हजार रुपैयाँमा खुदनाफा कमाएको छ । गत वर्षको तुलनामा यो ९३.०७ प्रतिशतले कम हो । यसै अवधिमा गत वर्ष कम्पनीले ७ करोड २५ लाख नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा एनएमबिको खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले घटेर १६ करोड ९३ लाख रुपैयाँमा सिमित भएको छ। यस लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसामा झरेको र मूल्य आम्दानी अनुपात  ४९५.९४ भएको छ। यस कम्पनिको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १४ पैसा रहेको छ ।

Comments

Back to top