नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आइएमई बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) को ६०,५२,७३७.२३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

मंसिर १८ गते सम्पन्न कम्पनीको ३४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि १५.७८९ प्रतिशत लाभांश पारित गरेको थियो। कात्तिक १६ गते बसेको ४७ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजी (रु. ४.०३ अर्ब)को  १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । नेप्सेमा आज रु. ६०.५२ करोड बराबरको बोनस शेयर सूचीकृत भएको छ । 

त्यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) को ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

Comments

Back to top