नेपाल दूरसंचार कम्पनी लिमिटेडको खुद नाफामा ९.१६ प्रतिशतको बढोत्तरी !
नेपाल दूरसंचार कम्पनी लिमिटेड (NTC)ले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अपरिष्कृत त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । चुक्ता पुँजी रू.१८ अर्ब रहेको कम्पनीमा दोस्रो त्रैमासिक रिपोर्टमा खुद नाफा ९.१६ प्रतिशतले बढेर रु ३.८९ अर्बबाट रु ४.२५ अर्ब पुगेको छ ।
दोस्रो त्रैमासको अन्त्यमा कम्पनीको सञ्चिति ७४.३२ अर्ब रुपैयाँमा झरेको छ । कम्पनीको वार्षिकिकरण गरिएको ईपीएस हाल रु ४७.२८ रहेको छ भने कम्पनीको नेटवर्थ रु. ५१२.९२ रहेको छ। दोस्रो त्रैमासिकको प्रतिवेदन अनुसार कम्पनिको पी. इ(PE) अनुपात १८.३७ गुणा रेहको छ।
एनटीसीले आर्थिक वर्ष २०७८/७९ को खुद नाफाबाट प्रति शेयर ४० रुपैयाँ (४०%) नगद लाभांश पनि वितरण गरेको थियो।
Comments