नेप्सेमा हेबी सेल अफ !
आज आइतबार २१८१.२०मा खुलेको बजार ६०.८८ अङ्क घटेर २.७९% गिरावटका साथ नेप्से परिसूचक २१२१.७५ अंकमा बन्द भएको छ। कारोबार रकम ३ अर्ब ४ करोड ७७ लाख भएको बजारले फेरी फिबोन्याचीको 0.५०को बिन्दुमा सपोर्ट लिन आउने देखिन्छ जुन २०६५को बिन्दु हो। मौद्रिक नीतिले लगानीकर्ताका समस्यालाई सम्बोधन नगर्नु नै आज देखिएको प्यानिक सेलिङ्गको मुख्य कारण मानिएको छ। मौद्रिक नीतिको शुक्रबार भएको अर्ध वार्षिक समीक्षामा १२करोडको सिमा हटाइने अपेक्षा लगानीकर्ताको तर्फबाट रहेको थियो। यद्धपि राष्ट्र बैंकले सर्कुलर मार्फत लगानीकर्ताका विभिन्न समस्या सम्बोधन गरिने भन्ने विषय पनि चर्चामा रहेको छ। तसर्थ नेप्सेमा अझै एउटा सानो बुलिश स्विङ्गको आशा राख्न सकिन्छ।
आउने दिनहरुका लागि नेप्सेको पहिलो सपोर्ट २०९५मा देखिन्छ भने त्यसपछिको सपोर्ट २०६५को जोनमा देखिन्छ। मार्केटलाई यी बिन्दुले सपोर्ट दिन नसकेको खण्डमा भने बजारमा १९८०को बिन्दुबाट रिभर्सल आउन सक्ने देखिन्छ।
Comments