अपर तामाकोशीको घाटा ८२ करोड ४८ लाख

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। विद्युत बिक्री आम्दानी र सञ्चालन आम्दानी बढेपनि वित्तीय लागत बढ्दा कम्पनीको नोक्सानी बढ्न पुगेको हो

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा ऋणात्मक भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६२ रुपैयाँ ३८ पैसा रहेको छ। १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

Comments

Back to top