शिवम् सिमेन्ट्सको कस्तो छ वित्तीय अवस्था?
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। पुस मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
बिक्री आम्दानी घटेको कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफा पनि घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९९ प्रतिशत कम हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ । कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । जगेडा कोषमा ४ अर्ब ७० करोड १२ लाख रुपैयाँ सञ्चित छ।
Comments