तीन कम्पनीको शेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

नेपाल स्टक एक्सचेञ्जले तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले  सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र ज्योति विकास बैंकको शेयर मूल्य समायोजन गरेको हो । सगरमाथा इन्स्योरेन्सको बिहीबारको अन्तिम कारोबार मूल्य ७९९.८० रुपैयाँलाई आधार मानेर नेप्सेले १२.४० प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर भाउ ७११.५७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य ५६९ रुपैयाँलाई आधार मानरे नेप्सेले ६.९९ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनको शेयर भाउ ५३१.८३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, ज्योति विकास बैंकको बिहीबारको अन्तिम कारोबार मूल्य ३१६ रुपैयाँलाई आधार मानेर नेप्सेले ३ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको शेयर भाउ ३०६.८० रुपैयाँ कायम भएको छ । यिनीहरुको शेयर कारोबार आइतबार समायोजित मूल्यमा खुल्नेछ ।

Comments

Back to top