नेप्सेमा आज ब्रेक तर झन ठुलो गति लिन सक्ने सम्भावना!!
२१७७.३४मा हिजो क्लोजिङ्ग भएको बजारले आज ७.१३ अङ्क गुमाउदा नेप्सेले २०७०.३१मा क्लोजिङ्ग दिएको छ। एकएका ७६अङ्क बढेको बजारमा थोरै अङ्कको करेक्सन आउनुलाई सामान्य रुपमा लिनुपर्ने जानकारहरु बताउछन। नेप्सेमा बढेका कम्पनीको प्रकृति हेर्दा प्राय सबै लो क्याप कम्पनीहरु बढेको देखिछ जस्ले अहिले पाँचौ वेभमा बजार रहेको जनाउछ। हिजोको यार्लीलाई पाँचौ वेभ भित्रको पहिलो वेभ मान्ने हो भने अबको करेक्सन २१५०-२१४०को जोनमा सिमित रहने र त्यसपछि पाँचौ भित्रको तेस्रो वेभ बजारमा आउने सम्भावना देखिन्छ। सोही अनुसार बजारमा तेस्रो वेभ आए बजार निकै माथि सम्म जान सक्ने सम्भावना रहन्छ। फेरी पनि बजारमा २२१५को बिन्दुबाट करेक्सन आएता पनि यो बिन्दुलाई बजारले धेरै चोटी टेस्ट गरिसकेकाले यो रेसिस्ट्यन्स कम्जोर हुदै गएको र छिटै बजारले यसलाई तोड्न सक्ने देखिन्छ।
आगामी दिनका लागि बजारमा २२१५को बिन्दु फेरी पनि प्रतिरोध देखिन्छ भने बजारलाई तत्कालीन सपोर्ट २०५०-२०४०को जोनमा रहेको देखिन्छ।
Comments