स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बिक्री खुला
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । यसले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत व्याजदर भएको ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको हो । प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाई ऋणपत्र निष्काशन बिक्री गरेको हो ।
त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिएको बैंकले जनाएको छ ।
सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्र मध्ये ४८ हजार कित्ता सामुहिक लागनी कोषको लागि बाँडफाँट गरिएको जनाएको छ ।सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासन छिटोमा फागुन १ गते बन्द हुनेछ । त्यस अवधिमा माग अनुसार पर्याप्त आवेदन नपरेले ढिलोमा फागुन ११ गते बन्द हुनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Comments