यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, के के छन् एजेण्डा ?

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । सभा टाइगर प्यालेस, भैरहवामा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८.९७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक समूह र सर्वसाधारण समूहको शेयर अनुपात ७०ः३० बाट परिणत गरी ५१ः४९ कायम गर्ने, यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा भएको सम्झौतापत्र, शेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको डिडिए गर्न लेखापरीक्षक नियुक्त गर्ने सम्बन्धि सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १६ गते बुकक्लोज गरेको छ । यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

Comments

Back to top