प्रिमियर इन्स्योरेन्सको नाफामा सामान्य सुधार
प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससमा ०.३४ प्रतिशतले मात्रै मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा १५ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १५ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
खुद बीमा शुल्क आर्जन भने ८.०१ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले ४२ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ४६ करोड ९ लाख रुपैयाँ थियो । कुल बीमा शुल्क आर्जन भने २ प्रतिशलते मात्रै घटेको छ । कम्पनीले समिक्षा अवधिमा १ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ ।
खुद दाबी भुक्तानीमा भने उल्लेख्य सुधार गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा २२ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । चुक्ता पूँजी ३० प्रतिशतले बढेर १ अर्ब ४० करोड पुगेको छ भने जगेडा कोष ३५ प्रतिशतले घटे ३० करोड ८ लाखमा झरेको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा छ ।
Comments