नेप्सेमा एनआईबिएल र सानिमा ग्रोथ फण्डको इकाई सूचीकृत,आजबाट कारोबार सुरु हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डका इकाईहरु सूचीकृत भएका छन् । एनआईबिएलको १३ करोड २० लाख इकाई र सानिमाको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई नेप्सेमा सूचीकृत भएको हो ।

एनआईबिएल एस क्यापिटलको सामुहित लगानी कोष योजना अन्तरगतकाे एनआईबिएल ग्रोथ फण्डलाई नेप्सेले एनआईबिएलजिएफ कारोबार संकेत प्रदान गरेको छ । यस्तै सानिमा क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तरगतकाे सानिमा ग्रोथ फण्डलाई नेप्सेले एसएजिएफ कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा आज बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाईलाई नेप्सले प्रति इकाई १० रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

Comments

Back to top