राष्ट्र बैंकले बुलिश बम छोड्दा नेप्सेमा धमाका !!

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले हिजो (सोमबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७९/८०)को ६ महिनाको  तथ्यांकमा, यस ६ महिनाको अवधिममा रेमिट्यान्स अघिल्लो समाय भन्दा २४.३  प्रतिशतले वृद्धि भएको देखाएको छ।  २०७८/७९को सोही अवधिमा विप्रेषण आप्रवाह भने ५% ले घटेको थियो। यस आर्थिक वर्षको ६ महिनामा कुल वस्तु आयातमा २०.७%को कमी आएर रु ७९२ अर्ब ६७ करोडमा  सिमित भएको छ। अघिल्लो वर्षको यही अवधिमामा भने आयात ५१.१% ले बढेको थियो। रेमिटेन्समा आएको वृद्धि तथा आयातमा नेपाल राष्ट्र बैंकले गरेको कडाइका कारण शोधनान्तर स्थिति बचतमा रहेको देखिएको छ।  यस आर्थिक वर्षको असार मसान्तमा रु १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय संचिति बढेर पौष मसान्तमा रु १३३७ अर्ब २९ करोड भएकोदेखेको छ, जुन करिब १०%को वृद्धि हो।  

यस सकारात्मक तथ्याङ्कका साथसाथै बजारमा अब मौद्रिक नीतिको समीक्षामा ४/१२को सिमा हट्ने हल्ला चल्नु र राष्ट्र बैंकका गभर्नर एम् अधिकारीको शेयर बजार प्रति सकारात्मक टिप्पणीहरु आउनाले आज ७६.६४ अङ्कको वृद्धिलाई टेवा पुराएको हुन सक्ने अनुमान लगाउन सकिन्छ।  

अब नेप्सेले २२००-२२२५को प्रतिरोधमा सप्लाई अवशोषित गर्न सके बजार २२९० सम्म जान सक्ने देखिन्छ।  

Comments

Back to top