नेप्से इन्ट्राडे अपडेट:४१ अङ्कको वृद्धि!
आज नेप्से बजार ४१.०४ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१४० को नजिक आएको छ। ४१.०४ अङ्कले बढेर नेप्से परिसूचक २१४१.७४ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २६ करोड ९८ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एन आइ बि एल प्रगति फण्ड रहेको छ जसले १.८१% गुमाएको छ।
Comments