महिला लघुवित्तले फागुन २१ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। सभा फागुन २१ गते हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले गत आर्थिक वर्षको नाफा-नोक्सान, नगद प्रवाह लगाएतका विषयमा छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments