उपकार लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न कहिले बोलायो साधारण सभा ?

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। सभा फागुन १८ गते बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा हुनेछ सभाले हाल कायम चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.२५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top