आँधिखोला लघुवित्तको नाफा घट्यो,
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस संस्थाले पुस मसान्तसम्ममा १ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको यही अवधिमा यसले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी २१.६६ प्रतिशत घटेर ३ करोड १२ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा ६२.७१ प्रतिशत घटेर ७९ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफासँगै लघुवित्तको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३० रुपैयाँ २७ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा झरेको छ। प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३८ पैसा रहेको छ। ११ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।
Comments