मेरो माईक्रोफाइनान्सको कस्तो छ वित्तीय अवस्था ?

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७६.९५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २९ करोड ४२ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको सञ्चालन नाफा पनि ७७.४३ प्रतिशतले घटेर ९ करोड ४८ लाख २४ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यस्तो नाफा ४२ करोड २ लाख ४८ हजार रूपैयाँ रहेको थियो । खुद व्याज आम्दानी पनि ३५.२७ प्रतिशतले घटेर ३९ करोड १७ लाख ४८ हजार रुपैयाँमा झरेको छ । गत वर्ष ६० करोड ५२ लाख थियो ।

हाल मेरो माइक्रोफाइनान्सको चुक्ता पुँजी १ अर्ब २० करोड र जगेडा कोषमा ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३० पैसा छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा रहेको छ ।

Comments

Back to top