नेप्सेमा झिनो अङ्कको वृद्धि

२०९६.७को बिन्दुमा ओपनिङ्ग भएको नेप्सेले इन्ट्राडे हाइ २११८.२७बनाए पनि अन्तिमको दुई घण्टामा आएको बिक्रि चाप थेग्न नसके पछि २०९६.०८को बिन्दुमा आजको बढोत्तरी सिमित भएको छ।  १.५४को बिन्दु मात्र बढेता पनि आजको क्यान्डल स्टिकको सेण्टिमेन्ट हेर्दा लगानीकर्ताले निकट समयमा बजार माथि नै जाने विश्वास राखेको र आज स्टक खरिद गर्दा माथिलो रेन्ज कै मूल्य पनि तिर्न तयार  भएको देख्न सकिन्छ। 

करेक्सन कै मुडमा रहेको बजारमा कारोबार रकम पनि घटेर १ अर्ब ९३ करोडमा सिमित हुनुलाई छिट्टै बजारले रिभर्सल देख्ने सङ्केतको रुपमा लिन सकिन्छ।  अब नेप्सेमा सामान्य प्रतिरोध २१२०मा रहेको र सपोर्ट २०७०को बिन्दुमा रहेको देखिन्छ।  

Comments

Back to top