मिथिला लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?
मिथिला लघुवित्त वित्तीय संस्थाले फागुन १७ गते वार्षिक साधारण सभा डाकेको हो। सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल लालगढ धनुषामा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ पुर्याउने, सञ्चालक समितिको २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ५ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments