आरएमडीसी लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.५८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफामा वृद्धि आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.४६ प्रतिशत बढेर ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले २७ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि २५.६६ प्रतिशत बढेर २९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ भने लघुवित्तको जगेडा कोषमा १ अर्ब २० करोड ७८ लाख रुपैयाँ रहेको छ । यस्तै लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा, नेटवर्थ २८५ रुपैयाँ ४ पैसा रहेको छ ।
Comments