मिर्मिरे लघुवित्तको नाफा ५ करोड ६८ लाख, प्रतिशेयर आम्दानी कति ?

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५८.८२ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफामा गिरावट आएको हो । यस अवधिमा लघुवित्तले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ करोड ७६ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.७४ प्रतिशत घटेर २४ करोड ७ लाख रुपैयाँ सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले ३१ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि ५८.८२ प्रतिशत घटेर ८ करोड १२ लाख रुपैयाँमा झरेको छ ।

चुक्ता पूँजी ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ रहेको छ भने लघुवित्तको जगेडा कोषमा ३२ करोड ४२ लाख रुपैयाँ रहेको छ । यस्तै लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४१ पैसा, नेटवर्थ १५५ रुपैयाँ ५७ पैसा रहेको छ ।

Comments

Back to top