मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति
मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले १६ लाख २७ हजार ७५० कित्ता बराबरको १६ करोड २७ लाख ७५ हजार रुपैयाँको आईपीओ निष्कासनका लागि बोर्डबाट माघ १९ गते अनुमति पाएको हो । यसको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
Comments