निर्धन उत्थान लघुवित्तको साधारण सभा फागुन १२ गते, बुक क्लोज कहिले ?
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । सभा फागुन १२ गते संस्थाको केन्द्रीय कार्यालय नक्साल काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै,सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments