लाल्टिन मासिक समिक्षा

गत महिना ४.०६%ले बढेको नेप्से यो महिना पनि ४.०७ले बढेको छ। यस महिनाको पहिलो कारोबार दिन २०३७.२१को बिन्दुमा खुलेको नेप्से २२७७.६१को उच्च बिन्दुसम्म पुगे पनि क्लोजिङ्ग २१११.६३को बिन्दुमा भएको छ।  निरन्तर चार महिना देखि बढेको नेप्सेमा यस महिनाको अतिम हप्ताहरुमा केहि अङ्कको प्रोफिट बुकिङ्ग देखिएको छ।  यस महिना देखिएको उच्च बिन्दु बिगत छ महिना कै उच्च बिन्दु हो। त्यसै गरि यस महिनामा भएको कारोबार रकम ७६ अर्ब ९५ करोड बिगत एघार महिना कै उच्च रकम हो।  बढ्दो बजारमा देखिने बढ्दो भोलुमलाई निकै सकारात्मक मान्न सकिन्छ।

यस महिना सर्वाधिक बढ्ने उपसमूहमा हाइड्रोपावर र सबै भन्दा बढी घट्नेमा अन्य(Others) समूह पर्न गएको छ।  
नेप्से उप-समुह (Sub-Index)


यस महिनाको टप गेनर्स (Top Gainers)


यस महिनाको टप लुजर्स (Top Losers)


यस महिनाको टप खरिद भएका कम्पनी (Top Bought)


यस महिनाको टप बिक्रि भएका कम्पनी (Top Sold)


यस महिनाको टप कम्पनी (Market Capitalization) 


प्राविधिक विश्लेषण

बिगत चार महिना देखि लोवर ब्याण्ड छोडेर कारोबार भइरहेको बजार अझै मिडल ब्याण्ड भन्दा मुनि नै रहेको छ। बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस महिना जिरो भन्दा मुनि -२५.४१मा आएको छ र नेगेटिभ हिस्टोग्राम घट्दो क्रममा अहिले -८५.८०मा पुगेको छ जसले बजारमा क्रमश खरिद बढिरहेको देखाउँछ । जिरो लाईन भन्दा माथि नै रहेको सिग्नल लाईन घटेर ६०.३९ मा आएको छ।  तसर्थ एमएसिडि लाईन र सिग्नल लाईनको दुरी घटिरहेको देखिन्छ र छिटै गोल्डेन क्रसको अपेक्षा राख्न सकिन्छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २६.३५मा आएको छ र अब ए.डी.एक्स लाइन माथि फर्किए बजारमा बुलिश मोमेन्टम बलियो बन्नेछ। ४०को बिन्दुलाई सपोर्ट बनेको आरएसआइ बढेर ४८.८२ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढ्ने क्रममा रहेको देखिन्छ।

Comments

Back to top