नेप्सेमा १५ अङ्कको गिरावट, कारोबार रकम २ अर्ब ८२ करोड ४५ लाख!
आज मंगलबार १५.७४ अङ्कले घटेर ०.७४% गिरावटका साथ नेप्से परिसूचक २१११.५२ अंकमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये ५७ कम्पनी उकालो लागेका छन्, १४८ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आदर्श लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा प्राईम लाइफ इन्स्योरेन्स हाईड्रोपावर रहेको छ, जसको सेयर मूल्य ५.२१% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा रिडी पावर कम्पनीको कारोबार भएको छ।
Comments