एनआईसी एशिया लघुवित्तको नाफा १४ करोड ९२ लाख, प्रितसेयर आम्दानी कति?
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद नाफा ६१.८५ प्रतिशतले घटेर १४ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाको यस्तो नाफा ३९ करोड १३ लाख रुपैयाँ थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ३४.८५ प्रतिशतले घटेर ५४ करोड ७६ लाख रुपैयाँमा आएको छ । गत वर्षको सोही अवधिमा ८४ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । संस्थाको फी तथा कमिशन आम्दानी ५ करोड ९३ रुपैयाँ रहेको छ । सञ्चालन नाफा पनि ६१.८८ प्रतिशतले घटेर २१ करोड ३० लाख रुपैयाँमा आएको छ । गत वर्षको सोही अवधिमा ५५ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५६ करोड ११ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २१ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा छ ।
Comments