नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । किसान लघुवित्त वित्तीय संस्थाको ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

 

 

 

 

यता, सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१.९४ कित्ता बोसन शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

Comments

Back to top