तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीनवटा जीवन बीमा कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।  कम्पनीहरुको आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा भएको हो । गत बैशाख २९ गते तीनवटै कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि शेयर कारोबार रोक्का रहेको थियो । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृयामा रही रोक्का रहेको शेयर कारोबार नेप्सेले फुकुवा गरेको हो । आज मंगलबार देखि यिनीहरुको कारोबार पुनःसुरु हुनेछ । 

 

Comments

Back to top