आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउने

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । संस्थाले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६३५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । त्यसमध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको हो । यसमा फागुन १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पहिलो चरणमा प्रयाप्त आवेदन नपरेमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिसकेपछि फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका  लागि आईपीओ निष्काशन गरिनेछ  ।

वैदेशिक रोजगारीमा गएका नेपालीले सि-आस्वा सुविधा प्रदान गर्ने बैंक वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि ‍आवेदन दिन पाउने छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Comments

Back to top