अपि पावरले विद्युत नियमन आयोगबाट पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति
अपि पावर कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशनको लागि पूर्व स्वीकृति दिएको छ । आयोगको माघ १२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजानका लागि पूर्व स्वीकृति दिएको हो ।
कम्पनीले माघ ३ गते ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । अब कम्पनीको साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।
Comments