अटो एक्स्पो २०२३ मा "सेल्फ-ब्यालेन्सिङ स्कुटर"

अटो एक्स्पो २०२३ मा जहाँ नयाँ मोडलका कारहरू देखिएका थिए, त्यहाँ दुईपाङ्ग्रे सवारीसाधनमा पनि केही अनौठा प्रयोगहरू देखिएका थिए । 

विश्वको पहिलो सेल्फ-ब्यालेन्सिङ स्कुटरदेखि भारतको सबैभन्दा छिटो इलेक्ट्रिक रेसिङ बाइकसम्म प्रस्तुत गरिएको छ । सेल्फ-ब्यालेन्सिङ स्कूटरले आफ्नो राइडरलाई खस्न दिँदैन भने नयाँ इ-बाइकले २०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्छ। 

हिरो मोटोकर्प, होन्डा, टिभिएस, बजाज, रोयल इन्फिल्ड र यामाहा जस्ता देशका धेरै ठूला दुई पाङ्ग्रे सवारी उत्पादकहरूले यो शोमा भाग लिएका छैनन् तर धेरै नयाँ निर्माताहरूले यहाँ आफ्ना गाडीहरू प्रदर्शन गरेका छन्। यसमा टर्क मोटर्स, बेनेली, एम्पीयर, बेन्डा, म्याटर, गोदावरी जस्ता कम्पनीहरू समावेश छन्।

Comments

Back to top