भोल्सवागेनलाई पछि पार्दै टोयोटा बन्यो विश्वको सबैभन्दा ठूलो अटो निर्माता!

जापानिज अटो निर्माता कम्पनी टोयोटा विश्वको सबैभन्दा ठूलो अटो निर्माता बनेको छ। 

जर्मन अटो निर्माता भोल्सवागेनलाई पछि पार्दै टोयोटा पुनः विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटो निर्माताका रुपमा उभिएको हो। हालै प्रकाशित गरिएको आकँडाका अनुसार टोयोटाले सन् २०२० मा विश्वभर ९५ लाख युनिट कार बिक्री गरेको छ। 

यी दुई ठूला अटो निर्माता कम्पनीबीच वर्षौंदेखि तीव्र प्रतिस्पर्धा चल्दै आइरहेको छ। बिक्रीका आधारमा जनरल माटर्सलाई पछि पार्दै सन् २०१३ मा टोयोटा विश्वकै सबैभन्दा ठूलो कार निर्माता बनेको थियो। यसको दुई वर्षपश्चात भोल्सवागेनले टोयोटाको भन्दा राम्रो प्रदर्शन गरे पनि विश्वको शीर्ष अटो निर्माताको सूची भने अपरिवर्तित नै रहेको थियो। 

भोल्सवागेन आधिकारिक रुपमा टोयोटालाई पछि पार्दै सन् २०१७ मा सूचीको शीर्ष स्थानमा उक्लिएको थियो। कोरोना महामारीले विगत एक वर्षभन्दा बढीदेखि विश्वभरको अटो उद्योगको बिक्री तथा आपूर्ति शृंखलालाई बिगारिदिएको छ। 

सन् २०२० मा टोयोटाको डेलिभरी ११.३ प्रतिशतले घटेको छ भने भोल्सवागेकको १५.२ प्रतिशतले घटेको छ। अहिले कार निर्माताहरु सेमिकन्डक्टर चिपको अभावको सामना गरिरहेका छन्। जसले कम्पनीहरुको उत्पादनमा बाधा सिर्जना गरिरहेको छ। 

Comments

Back to top