एस२३ सिरिजसँगै सामसङले 'वन यूआई ५.१' नयाँ अपडेट ल्याउँदै!

स्मार्टफोन ब्रान्ड सामसङले आफ्नो युजर इन्टरफेस 'वन यूआई ५.१' ल्याउने तयारी गरेको छ। एन्ड्रोइड १३ मा आधारित वन यूआई ५ को नयाँ संस्करणका रुपमा कम्पनीले यो अपडेट ल्याउन लागेको हो।

हाल एक दर्जन बढी डिभाइसमा वन यूआई ५.० उपलब्ध भइसकेको छ। कम्पनीले केही नयाँ फिचरसहित ग्यालेक्सी एस२२ सिरिजका फाेनमा वन यूआई ५.१ परीक्षण गरिरहेको जीएसएम एरेनाले उल्लेख गरेको छ । खबर अनुसार सामसङ ग्यालेक्सी एस२३ सिरिजसँगै यो अपडेट सार्वजनिक हुनेछ।

कम्पनीले फेब्रुअरी महिनामा यो फ्ल्यागशिप सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ। वन यूआई ५.१ मा नयाँ अपडेट स्वरुप लक स्क्रिनमा थप कस्टमाइज गर्न सकिने फिचरहरू उपलब्ध हुने बताइएको छ।

साथै यसले एन्ड्रोइड १३ को नयाँ मिडिया प्लेयर विजेट डिजाइन पनि समावेश गर्नेछ। साथै मल्टिटास्किङ अर्थात् एकैपटकमा धेरै कामहरू गर्न सकिने फिचरलाई विशेष प्राथमिकता राख्ने बताइएको छ। 

Comments

Back to top