भारतीय मूलका शिव अय्यादुराई ट्विटरका सीईओ बन्न खोज्दै!

'इमेलका आविष्कारक' र एमआईटी पीएचडी डा. शिवा अय्यदुरईले ट्विटरको नयाँ सीईओ बन्ने इच्छा व्यक्त गरेका छन्। 

भारतीय मूलका अमेरिकी नागरिक शिवा अय्यदुरईले ट्वीटरमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएका हुन् । शिवा अय्यदुरईले एलोन मस्कलाई ट्याग गर्दै ट्वीटरको सीईओ पदमा रुचि राखेको लेखेका छन् । शिवा अय्यदुरईसँग ४  एमआईटी डिग्री  र अहिलेसम्म ७ हाइ-टेक सफ्टवेयर कम्पनीहरू बनाएको भन्दै सीईओ पदको लागि आवेदन गर्ने प्रक्रिया सोधेका छन्। 

धेरैले उनको पोस्टमा कमेन्ट गरेर शिवा अय्यदुरईलाई समर्थन गरेका छन् भने कतिले टेक उद्योगमा उनको उपलब्धि र अनुभवको पनि प्रशंसा गरेका छन्। तर, कतिले उनलाई ट्विटरको सीईओ बन्ने सम्भावनाबारे शंका व्यक्त पनि गरेका छन् ।

Comments

Back to top