चीनमा कोभिड बढेपछि डब्लूएचओ चिन्तित

चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरको बारेमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन् । डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीब्र पार्न पनि आग्रह गरेको छ । 

‘गम्भीर रोगको बढ्दो रिपोर्टसँगै चीनको विकसित अवस्थाको बारेमा डब्लूएचओ धेरै चिन्तित छ’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले साप्ताहिक पत्रकार सम्मेलनमा भने । उनले रोगको गम्भीरता, अस्पताल भर्ना र गहन हेरचाह आवश्यकताहरूको विस्तृत जानकारीको लागि अपील गरे । 

‘डब्लुएचओले चीनलाई देशभरि उच्च जोखिममा रहेका मानिसहरूलाई खोप लगाउने प्रयासमा ध्यान केन्द्रित गर्न सहयोग गरिरहेको छ र हामी क्लिनिकल हेरचाह र यसको स्वास्थ्य प्रणालीको सुरक्षाको लागि हाम्रो समर्थन प्रस्ताव गर्न जारी राख्छौं’,  उनले थपे । 

सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ । तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो ।

Comments

Back to top